काठमाडौं– कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाउने संख्या २ लाख ५१ हजार नाघेको छ।
नेपाली समय अनुसार मंगलबार बिहान ८ बजे सम्म विश्वमा कोरोनाको संक्रमणपछि ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ५ सय १० पुगेको छ।
अमेरिकामा ६९ हजार ९ सय २१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै इटालीमा २९ हजार ७९, युकेमा २८ हजार ७ सय ३४, स्पेनमा २५ जार ४ सय २८, फ्रान्समा २५ हजार १ सय ६८ जनाको ज्यान गएको तथ्यांक छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ३५ लाख ८२ हजार ४ सय ६९ पुगेको छ।
अमेरिकामा ११ लाख ८० हजार ३ सय ८८ जना संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख १८ हजार ११, इटालीमा २ लाख ११ हजार ९ सय ३८, युकेमा १ लाख ९१ हजार ८ सय ३२, फ्रान्समा १ लाख ६९ हजार ५ सय ८३ मानिस संक्रमित भएका छन्।
संसारभर ११ लाख ६२ हजार ५ सय ३८ जना उपचारपछि निको भइसकेका छन्।
अमेरिकामा १ लाख ८७ हजार १ सय ८० जना निको भएको छन्। त्यस्तै जर्मनीमा १ लाख ३२ हजार ७ सय, स्पेनमा १ लाख २१ हजार ३ सय ४३, इटालीमा ८२ हजार ८ सय ७९, इरानमा ७९ हजार ३ सय ७९, चीनमा ७८ हजार ७ सय ९ जना निको भएका छन्।
सार्क देशको अवस्था
सोमबार भारतमा ३ हजार ९ सय ३२ जना संक्रमित भएका छन् भने १ सय ७५ जनाको मृत्यु भएको तथ्यांक छ। योसँगै भारतमा संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ। १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ। १२ हजार ८ सय ४७ जनालाई निको भइसकेका छन्।
पाकिस्तानमा एकै दिनमा ८ सय भन्दा बढी संक्रमित थपिएका छन्। १९ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या २० हजार ९ सय ४१ पुगेको छ। ४ सय ७६ जनाको मृत्यु भएको छ। ५ हजार ६ सय ३५ जना निको भइसकेका छन्।
बंगलादेशमा सोमबार मात्र ६ सय ८८ नयाँ बिरामी थपिएका छन्। ५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या १० हजार १ सय ४३ पुगेको छ। १ सय ८२ जनाको मृत्यु भएको छ। १ हजार २ सय ९ जना निको भएर घर फर्किसकेका छन्।
अफ्गानिस्तानमा एकै दिनमा १ सय ९० जना बिरामी थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ। अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार ८ सय ९४ पुगेको छ। ९० जनाको मृत्यु भएको छ। ३ सय ९७ जना निको भएर घर फर्किसकेका छन्।
श्रीलंकामा सोमबार ३३ जना नयाँ संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ। योसँगै श्रीलंकामा संक्रमितको संख्या ७ सय ५१ पुगेको छ। ८ जनाको मृत्यु भएको छ। १ सय ९४ जना निको भएका छन्।
माल्दिभ्समा सोमबार १४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय ४१ पुगेको छ। एक जनाको मृत्यु भएको छ भने १८ जना निको भइसकेका छन्।
नेपालमा मंगलबार बिहानै ७ जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ७ छ। ५ जना निको भइसकेका छन्।