काठमाडौं– चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजय चन्द्र आचार्यको तीन वर्षे कार्यकाल मंगलबार सकिएको छ।
तीन वर्षे कार्यकालमा अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहको लागि सक्दो पहल गरेको उनले दाबी गरेका छन्। तीन वर्षे कार्यकालमा गरेका कामलाई डा आचार्यले २६ बुँदेमा प्रस्तुत गरेका छन्।
कर्मचारीलाई बिना धितो १५ लाखसम्मको ऋण सुविधाको व्यवस्था गरिएको, कर्मचारी कल्याण कोषलाई व्यवस्थित र स्थापित गरी खातामा १८ करोड रकम जम्मा गरिएको उनले बताए। उक्त कोषमा वर्षको आधा महिनाको पारिश्रमिक कर्मचारीले पाउने व्यवस्था छ।
नेपालमा पहिलो पटक अत्यधुनिक सिटी सिमुलेटर अंको सिटी स्क्यान मेसिन जडान गरिएको उनले बताएका छन।
यस्ता छन्, उनले तीन वर्षे कार्यकालमा गरेका कामहरु :
१. अस्पतालको आर्थिक प्रणालीलाई व्यवस्थीत गर्न कृषि विकास बैकको काउण्टर राखी सेवा शुल्क बुझ्ने गरि कृषि विकास बैक अस्पतालमा राखिएको। कर्मचारीहरुलाई विना धितो १५ लाख सम्मको ऋण सुविधाको व्यवस्था गरिएको छ।
२. कर्मचारी कल्याण कोषलाई व्यवस्थीत र स्थापित गरि हाल सो खातामा १८ करोड रकम जम्मा गरिएको छ। कर्मचारी कल्याण कोषमा बर्षको आधा महीनाको पारिश्रमीक कर्मचारीले पाउने व्यवस्था गरिएको छ।
३. नारायणी डेभलप्मेण्ट बैकमा रहेको १० करोड रकम असुल गरिएको छ।
४. पुरानो २० बर्ष अघिको लिन्याक ६०० सि.डी. मेसिन विग्रन गई सेवा अवरुद्ध भई रहेको अवस्थामा मर्मत गर्न सफल भएको छ र हाल सेवा सुचारु गरिएको छ।
५. पुरानो लिन्याक २३०० भर्सनको मेसिन मर्मत हुन नसकि डिस्मेण्टल गर्नु पर्ने भएको थियो सो मेसिन प्रतिश्थापन गरि नयाँ लिन्याक IMRT र IGRT सहितको अत्याधुनिक मेसिन र HD Brachytherapy मेसिन खरिद गरि सेवा सुभारम्भ गरि सकिएको छ।
६.नेपालमा पहिलो पटक अत्याधुनिक सि.टी. सिमुलेटर अंको सिटी स्क्यान मेसिन खरिद गरि जडान गरिएको छ जसबाट रेडिएशनको उपचारमा गुणस्तर ल्याउन मद्धत गरेको छ।
७.CT Scan, MRI, BMD,Gamma Cammera मेसिन को सेवा नियमति गराइयो भने सो सेवा लिने प्रतिक्षा सुचिको अन्त्य गरियो।
८. प्याथोलोजी विभागको सेवालाई थप गरिएको छ, IHC, Platelet Pheresis को सेवा प्रारम्भ गरिएको छ प्याथोलोजीकल सेवालाई गुणस्तरीय र अन्तराष्टिय स्तरको बनाउन नयाँ मेसिन थप गरिएको छ। आपतकालिन ल्यावको सेवा स्थापना गरिएको छ । प्याथोलोजीकल सेवा अन्र्तगत प्रत्येक २।२ घण्टामा रिपोर्ट उपलब्ध गराउने सुविधा गरिएको छ ।
९. सेवाग्राहीलाई सस्तो सर्वसुलभ औषधी उपलब्ध गराउने उद्धेश्यले अस्पतालले आफ्नै फार्मेसी स्थापना गरिएको छ। फार्मेसिको सेवाले विरामीले सस्तो रुपमा औषधी प्राप्त गरेका छन्।
१०.सर्जरी तर्फ आठ वटा मोडुलर शल्यत्रिया कक्ष सञ्चालनमा रहेको छ। ल्याप्रोसकोपी सर्जरीमा 4K मेसिनबाट शल्यक्रिया गरिएको छ।
११.अस्पतालको नयाँ भवनको परियोजना रुग्ण अवस्थामा रहेकोमा सो परियोजनालाई जविन्तता प्रदान गरि भवन निर्माण सम्पन्न गरि भवन पुर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ यसबाट शैया विस्तार भई अस्पतालले हाल कुल ४५० शैयाबाट सेवा दिएको छ।
१२.नेपालमा नै पहिलो पटक BNS अंकोलोजी विषयमा अस्पतालले जनशक्ति उत्पादनमा कलेज स्थापना गरिएको छ।
१३.अस्पतालमा विस्तारित सेवा प्रारम्भ गरिएको छ।
१४. अस्पताललाई EMR प्रणालीमा लग्न सफ्टवेयरको काम भई रहेको छ। विरामीलाई कागज लिई हिड्ने प्रथाको अन्त्य हुने छ।
१५.अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापनाको कार्य प्रारम्भ भएको छ। फोहर व्यवस्थापनको एकिकृत आधुनिक प्रणाली स्थापनाको लागि संझौता भई केही समयमा सम्पन्न हुदैछ।
१६.अस्पतालमा दैनिक विरामी संख्यामा उल्लेखनिय वृद्धि भई दैनिक राजश्व १२ लाख सम्म हुने गरेको छ। ३ बर्ष अघि जम्मा २।३ लाख हुने गर्दथ्यो।
१७.अस्पताल परिसर भित्रका भवनहरु स्थापना देखि मर्मत संहार नभएको र जिर्ण रहेकोमा क्रमबद्ध रुपमा अस्पतालको कोर क्षेत्रमा रंग रोगनको काम सकिएको, विरामी कुरुवा घर बन्द प्राय थियो सोको मर्मत गरि रंग रोगन पश्चात सुचारु गरिएको र आवास क्षेत्रमा प्रारम्भ गरिएको छ।
१८. भरतपुर महानगरपालिकाका प्रमुखज्यूको सहयोगमा अस्पतालको २ नं गेटबाट १ नं. गेट सम्मको पीच गर्ने कार्य सम्पन्न गरिएको । अस्पताल भित्र व्हील चियर गुडाउन पनि गाह्रो हुने भएको अवस्थामा अस्पताल भित्रको पार्किङ र बाटो सबै पिच मर्मत गरिएको छ ।
१९.एकेडेमीक कार्य अन्र्तगत अस्पतालको बार्षिक उत्सवलाई बैज्ञानिक बनाउनका लागि दोस्रो सेसनमा प्रत्येक बर्ष BPKMCH-CON को कार्य प्रारम्भ गरि सकिएको छ। बार्षिक उत्सवका समयमा Journal Of Oncology प्रकाशित गर्ने गरिएको छ।
२०. बोलपत्रको कामकारवाहीलाई पारदर्शि बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालय को पोर्टल मार्फत बोलपत्र पेश गर्ने र खोलने गरिएको छ । सोझै खरिदको परिपाटीलाई विगतको तुलनामा अत्यान्त न्यून गरिएको छ।
२१. मानव संसाधनको व्यवस्थापन अन्र्तगत सबै पदपुर्तिहरु लोक सेवा मार्फत गर्ने परिपाटी विकास गरिएको छ।
२२. आर्थिक मितव्ययीता अवलम्बन गरिएकोले काज अतिरिक्त समय भत्तामा भारि कटौती गरिएको छ । दैनिक रिपोर्टिङ्ग प्रणालीका लागि प्रशासन तर्फको विहानी बैठक गर्ने गरिएको छ।
२३.क्यान्सर उपचार गरि स्वस्थ्य जिवनयापन गरि रहेकाहरको बार्षिक रुपमा जमघट भेला आयोजना गरि जनचेतना अधिवृद्धि गर्ने गरिएको छ।
२४. अस्पतालको हाउसकिपिङ्गलाई व्यवस्थीत गर्न छुट्टै युनिट खडा गरि केन्द्रीय वितरण प्रणाली को स्थापना गरिएको छ । विरामीको आरामताको लागि भित्र र बाहीर विरामी आराम कुर्सिको व्यवस्थापन गरिएको छ।
२५.अस्पतालमा पनिचरको व्यवस्थीत वितरण र प्रतिश्थापन गरिएको छ । केमोथेरापीको जोखिमलाई न्यूनिकरण गर्न केमो क्याविनेट सबै ठाउमा जडान गरि सेवा दिइएको छ।
२६.आर्थिक प्रशासन अन्र्तगत अस्पताल स्थापना देखिको वेरुजू करिव ३५ करोडको फछ्र्यौट गरिएको छ। अंतरंग भवनमा क्यास काउण्टर स्थापना गरि सुविधा विस्तार गरिएको छ। पुँजिगत खर्चमा शतप्रतिशत उपलब्धी हासिल गर्न सफल भइएको छ।