काठमाडौं- रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सान)ले ओम सर्जिकल कन्सर्न प्रालिको चरित्र हत्या गर्न खोजिएको भन्दै ध्यानाकर्षण गरेको छ।
केम्सानले ओम सर्जिकलका विषयमा भ्रम सिर्जना गर्ने गरी चरित्र हत्या गर्न खोजिएको भन्दै बिहिबार प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएको हो। ओम सर्जिकलले स्वास्थ्य सेवा विभागमा कोभिड १९ संग सम्बन्धित मेडिकल सामान आपूर्ति गर्ने विषयमा आएको खबरमा कुनै सत्यता नरहेको केम्सानको दाबी छ।
चरित्र हत्या गर्न खोज्नेलाई कारबाही गर्न पनि केम्सानले सरकारसँग माग गरेको छ। केम्सानमा ३ सय ५० बढी व्यवसायीहरु आवद्ध छन्।
