काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट धेरै जनाको मृत्यु हुने देशमा युको दोस्रो नम्बरमा पुगेको छ। नेपाली समय अनुसार बिहीबार राती ८ बजेको तथ्यांक अनुसार युकेमा ३० हजार १ सय ५० जनाको मृत्यु भएको छ।
धेरै जनाको मृत्यु हुने देशको पहिलो नम्बरमा अमेरिका छ। अमेरिकामा ७३ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ।
युकेमा अहिलेसम्म २ लाख २ हजार ३ सय ५९ जना संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या १२ लाख २९ हजार ८९ पुगेको छ।
भारतमा ५३ हजार ४५ जना संक्रमित भएका छन् भने १ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमित हुनेको संख्या ३७ लाख ८१ हजार ८ सय ९६ पुगेको छ।
२ लाख ६४ हजार ६ सय २ जनाको मृत्यु भएको छ। १२ लाख ५४ हजार ७ सय ४४ जना उपचारपछि निको भएका छन्।
कुन देशमा कति निको भए?
अमेरिकामा १ लाख ८९ हजार ९ सय १० जना निको भएका छन्।
जर्मनीमा निको हुनेको संख्या १ लाख ३९ हजार ९ सय पुगेको छ।
स्पेनमा निको भएर घर फर्किनेको संख्या १ लाख २६ हजार २ पुगेको छ।
इटालीमा ९३ हजार २ सय ४५ निको भएर घर फर्किसकेका छन्।
इरानमा ८२ हजार ७ सय ४४ जना निको भएर घर फर्किसकेका छन्।
चीनमा निको भएर घर फर्किनेको संख्या ७८ हजार ९ सय ४४ पुगेको छ।
टर्कीमा ७८ हजार २ सय २ जना निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा ५४ हजार ८१ जना निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा निको भएर घर फर्किनेको संख्या ५१ हजार ३ सय ७० पुगेको छ।
क्यानाडामा २८ हजार १ सय ८४ जना निको भएर घर फर्किसकेका छन्।
स्विजरलयाण्डमा २५ हजार ७ सय निको भएर घर फर्किसकेका छन्।
रसियामा २३ हजार ८ सय ३ जना निको भएर घर फर्किसकेका छन्।
मेक्सीकोमा १७ हजार ७ सय ८१ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पेरुमा निको भएर घर फर्किनेको संख्या १७ हजार ५ सय २७ पुगेको छ।
आयरल्याण्डमा १७ हजार १ सय १० जना मानिस निको भएर घर फर्किसकेका छन्।
भारतमा निको भएर घर फर्किनेको संख्या १५ हजार ३ सय ३१ जना छ।
अष्ट्रियामा निको भएर घर फर्किनेको संख्या १३ हजार ६ सय ९८ पुगेको छ।
बेल्जियममा निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ८० पुगेको छ।
नेपालमा निको भएर घर फर्किनेको संख्या २२ छ।