काठमाडौं - चिकित्सकहरुले स्वास्थ्य क्षेत्रको बजेट कम्तीमा १० प्रतिशत बनाउन सरकारलाई सुझाव दिएका छन्।
उनीहरुले शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रको बजेट कम्तीमा १० प्रतिशत पुर्याउन सुझाव दिएका हुन्। आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, एक चिकित्सक एक अस्पतालको व्यवस्था लागू गर्न, तत्काल चिकित्सकको दरबन्दी खोली धेरै चिकित्सक सरकारी सेवामा प्रवेश गराउनुपर्ने सुझाव दिइएको डा. दिपेन्द्र पाण्डेले बताए।
सबै प्रदेशमा कम्तीमा एक सय शय्या आईसियु विशेषज्ञ अस्पताल खोल्नुपर्ने, विदेशमा रहेका चिकित्सक तथा मेडिकल विद्यार्थीको तत्काल उद्दार गर्नु, स्वास्थ्य सेवा विभागको सट्टा सिडिसी र औषधि व्यवस्था विभागको सट्टा एफडीए गठन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।
जेल विथआउट बेलको कानून यथाशिघ्र ल्याउनुपर्ने माग अघि सारिएको डा पाण्डेले जानकारी दिए।