काठमाडौं – कोरोना भाइरसको संक्रमित निको भएर घर फर्किनेको संख्या १२ लाख ९२ हजार नाघेको छ।
नेपाली समय अनुसार साँझ साढे ५ बजेको तथ्यांक अनुसार विश्वभर १२ लाख ९२ हजार ६ सय ७२ जना निको भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर संक्रमितको संख्या ३८ लाख ६४ हजार ६ सय ९६ पुगेको छ।
भाइरस संक्रमणका कारण विश्वभर २ लाख ७० हजार २० जनाको मृत्यु भइसकेको छ।
के छ अफ्रिकन देशको अवस्था?
कोरोना भाइरस नियन्त्रणका उपाय असफल भए अफ्रिकामा महामारीको पहिलो वर्ष १ लाख ९० हजार मानिसको मृत्यु हुने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ।
अफ्रिकन देशहरुमा हालसम्म ५५ हजार ३ सय ६४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। २ हजार ८४ जनाको मृत्यु भएको छ भने १९ हजार १ सय १८ जना निको भएर घर फर्किसकेका छन्। ३४ हजार १ सय ६३ जना अस्पतालमा उपचाररत छन्।
साउथ अफ्रिकामा ८ हजार २ सय ३२ जना संक्रमित भएका छन्। १ सय ६१ जनाको मृत्यु भएको छ। ३ हजार १ सय ५३ जना निको भएर घर फर्किसकेका छन्।
इजिप्टमा ७ हजार ९ सय ८१ जना संक्रमित भएका छन्। जसमध्ये ४ सय ८२ जनाको मृत्यु भएकोे छ भने १ हजार ८ सय ८७ जना निको भएर घर फर्किसकेका छन्।
मोरक्कोमा ५ हजार ५ सय ४८ जना मानिस संक्रमित भएका छन्। १ सय ८३ जनाको मृत्यु भएको छ। २ हजार १ सय ७९ जना निको भएर घर फर्किसकेका छन्।
अल्जेरियामा ५ हजार १ सय ८२ जना मानिस संक्रमित भएका छन्। ४ सय ८३ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय २३ जना निको भएर घर फर्किसकेका छन्।
नाइजेरियामा ३ हजार ५ सय २६ जना संक्रमित भएका छन्। १ सय ७ जनाको मृत्यु भएको छ भने ६ सय १ जना निको भएर घर फर्किसकेका छन्।
घानामा ३ हजार ९१ जना संक्रमित भएका छन्। १८ जनाको मृत्यु भएको छ। ३ सय ३ जना निको भएर घर फर्किसकेका छन्।
क्यामरुनमा २ हजार २ सय ६७ जना संक्रमित भएका छन्। १ सय ८ जनाको मृत्यु भएको छ। १ हजार २ जना निको भएर घर फर्किसकेका छन्।
आइभोरी कोष्टमा १ हजार ५ सय ७१ जना मानिस संक्रमित भएका छन्। जसमध्ये २० जनाको मृत्यु भएको छ भने ७ सय ४२ जना निको भएर घर फर्किसकेका छन्।
सेनेगलमा १ हजार ४ सय ९२ जना संक्रमित भएका छन्। १३ जनाको मृत्यु भएको छ। ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन्।
जिबूतीमा १ हजार १ सय ३३ जना संक्रमित भएका छन्। ३ जनाको मृत्यु भएको छ भने ७ सय ९९ लाई निको भइसकेको छ।
ट्यूनिसिया १ हजार २६ जना मानिस संक्रमित भएका छन्। ४४ जनाको मृत्यु भएको छ। ६ सय जना निको भएर घर फर्किसकेका छन्।
सूडानमा ९ सय ३० जना मानिस संक्रमित भएका छन्। ५२ जनाको मृत्यु भएको छ। ९२ जना निको भएर घर फर्किसकेका छन्।
सोमालियामा ९ सय २८ जना मानिस संक्रमित भएका छन्। ४४ जनाको मृत्यु भएको छ। १ सय ६ जना निको भएर घर फर्किसकेका छन्।
कंगोमा २ सय ७४ जना मानिस संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ। ३३ जना निको भएर घर फर्किसकेका छन्।
मालीमा संक्रमितको संख्या ६ सय ५० पुगेको छ। ३२ जनाको मृत्यु भएको छ। २ सय ७१ जना निको भएर घर फर्किसकेका छन्।
केन्यामा ६ सय ७ जना संक्रमित भएका छन्। २९ जनाको मृत्यु भएको छ। १ सय ९७ जना निको भएर घर फर्किसकेका छन्।