कठमाडौं– विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार ८ सय ६३ पुगेको छ।
अमेरिकामा शुक्रबार १ हजार ६ सय भन्दा बढी मासिनको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७९ पुगेको छ।
त्यस्तै युकेमा ३१ हजार ३ सय १६, इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३३ जनाको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा ३९ लाख ३७ हजार ८ सय १३ जना मानिस संक्रमित भएका छन्। संसारभर एकै दिनमा ९७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको तथ्यांक रहेको छ।
अमेरिकामा १२ लाख ८३ हजार ९ सय ८, स्पेनमा २ लाख २२ हजार ८ सय ५७, इटालीमा २ लाख १७ हजार १ सय ८५, युकेमा २ लाख १२ हजार ६ सय २९, रसियामा १ लाख ८७ हजार ८ सय ५९, फ्रान्समा १ लाख ७६ हजार २ सय २ जना संक्रमित भएका छन्।
विश्वमा १३ लाख १९ हजार ४ सय ४७ जना निको भएर घर फर्किसका छन्।
अमेरिकामा १ लाख ९८ हजार ९ सय ९३, जर्मनीमा १ लाख ४१ हजार ७ सय, स्पेनमा १ लाख ३१ हजार १ सय ४८ , इटालीमा ९९ हजार २३जना निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा एकैदिनमा ३ हजार ३ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ९६ जना मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ५९ हजार ६ सय ९५ पुगेको छ। १ हजार ९ सय ८५ जनाको मृत्यु भएकोे छ। भारतमा १७ हजार ८ सय ८७ जना उपचार पछि निको भएका छन्।
पाकिस्तानमा शुक्रबार १ हजार ७ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या २६ हजार ४ सय ३५ पुगेको छ। ५ सय ९९ जनाको मृत्यु भएको छ। ७ हजार ५ सय ३० जना निको भइसकेका छन्।
बंगलादेशमा एक दिनमा ७ सय ९ जना नयाँ बिरामी थपिनुका साथै ७ जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या १३ हजार १ सय ३४ पुगेको छ। २ सय ६ जनाको मृत्यु भएको छ। २ हजार १ सय १ जना मानिस निको भएर घर फर्किसकेका छन्।
अफ्गानिस्तानमा शुक्रबार २ सय १५ जना नयाँ बिरामी थपिनुका साथै ३ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या ३ हजार ७ सय ७८ पुगेको छ। १ सय ९ जनाको मृत्यु भएकोे छ। ४ सय ७२ जना निको भएर घर फर्किसकेका छन्।
श्रीलंकामा शुक्रबार १२ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ८ सय ३५ पुगेको छ। ९ जनाको मृत्यु भएको छ। २ सय ४० जना निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा शुक्रबार ९६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ सय ४४ पुगेको छ। ३ जनाको मृत्यु भएको छ। २० जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा शुक्रबार १ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय २ पुगेको छ। ३१ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्।