काठमाडौं– संसारभर कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको हुनेको संख्या १३ लाख ३१ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार दिउँसो तीन बजे सम्म निको भएर घर फर्किनेको संख्या १३ लाख ३१ हजार ६८ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ३९ लाख ५४ हजार २ सय ४६ पुगेको छ। २ लाख ७५ हजार १ सय ६० जनाको मृत्यु भएको छ।
अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८३ हजार ९ सय २९ पुगेको छ। ७७ हजार १ सय ८० जनाको मृत्यु भएको छ भने १ लाख ९८ हजार ९ सय ९३ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा सबैभन्दा बढी संक्रमित हुने राज्य
न्यूयोर्कमा ३ लाख ३० हजार ४ सय ७ जना मानिस संक्रमित हुँदा २६ हजार २ सय ४३ जनाको मृत्यु भएको छ।
न्यूजर्सीमा १ लाख ३५ हजार ८ सय ४० जना संक्रमित हुँदा ८ हजार ९ सय ६० जनाको मृत्यु भएको छ।
म्यासाचुसेट्समा ७५ हजार ३ सय ३३ जना मानिस संक्रमित भएका छन् भने ४ हजार ७ सय २ जनाको मृत्यु भइसकेको छ।
इलिनोइस ७३ हजार ७ सय ६० जना संक्रमित भएका छन्। जसमध्ये ३ हजार २ सय ४१ जनाको मृत्यु भएको छ।
क्यालिफोर्नियामा ६४ हजार ४ सय ७५ जना मानिस संक्रमित भएका छन्। २ हजार ६ सय २८ जनाको मृत्यु भएको छ।
पेन्सिलभेनियामा ५७ हजार ४ सय ७१ जना संक्रमित भएका छन्। जसमध्ये ३ हजार ७ सय १७ जनाको मृत्यु भएको छ।
मिशिगनमा संक्रमितको संख्या ४६ हजार ३ सय २६ पुगेका छन् भने ४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ।
फ्लोरिडामा संक्रमितको संख्या ३९ हजार १ सय ९९ पुगेको छ। १ हजार ६ सय ६९जना निको भएर घर फर्किसकेका छन्।
टेक्सासमा ३७ हजार ७ सय २७ जना संक्रमित भएका छन्। १ हजार ७९ जनाको मृत्यु भएको छ।
कनेक्टिकटमा ३२ हजार ४ सय ११ जना संक्रमित भएका छन्। २ हजार ८ सय ७४ जनाको मृत्यु भएको छ।
जर्जियामा ३२ हजार १ सय ७८ जना संक्रमित भएका छन्। १ हजार ३ सय ९९ जनाको मृत्यु भइसकेको छ।
लुसियानामा संक्रमितको संख्या ३० हजार ८ सय ५५ जना संक्रमित भएका छन्। २ हजार २ सय २७ जनाको मृत्यु भएको छ।