काठमाडौं – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ।
नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांकमा विश्वभर संक्रमितको संख्या ४० लाख २४ हजार ९ पुगेको छ।
अमेरिकामा १३ लाख ९ हजार १ सय ५९, स्पेनमा २ लाख २३ हजार ५ सय ७८, इटालीमा २ लाख १६ हजार ५ सय २५, रसियामा १ लाख ९८ हजार ६ सय ७६ मानिस संक्रमित भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २ लाख ७९ हजार ३ सय ११ जनाको मृत्यु भएको छ।
अमेरिकामा ७८ हजार ७ सय ९२, युकेमा ३१ हजार ६ सय ६२, इटालीमा ३० हजार ३ सय ९५, स्पेनमा २६ हजार ४ सय ७८, फ्रान्समा २६ हजार ३ सय १३ जनाको मृत्यु भएको छ।
संसाभर १३ लाख ७५ हजार ६ सय २४ जना उपचारपछि निको भएका छन्।
अमेरिकामा २ लाख १२ हजार ५ सय ३४, जर्मनीमा १ लाख ४३ हजार ३ सय, स्पेनमा १ लाख ३३ हजार ९ सय ५२, इटालीमा १ लाख ३ हजार ३१ जना निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा एकै दिनमा ३ हजार १ सय १३ जना संक्रमित भएका छन् भने १ सय १६ जनाको मृत्यु भएको छ। योसँगै भारतामा संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ।
२ हजार १ सय १ जनाको मृत्यु भएको छ। १९ हजार ३ सय १ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा शनिबार २ हजार ३ सय १ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या २८ हजार ७ सय ३६ पुगेको छ। ६ सय ३६ जनाको मृत्यु भएको छ। ७ हजार ८ सय ९ जना निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा शनिबार ६ सय ३६ जना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या १३ हजार ७ सय ७० पुगेको छ। २ सय १४ जनाको मृत्यु भएको छ। २ हजार ४ सय १४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अफ्गानिस्तानमा शनिबार २ सय ५५ जना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ। १ सय १५ जनाको मृत्यु भएको छ। ५सय २ जना उपचारपछि निको भएको तथ्यांक छ।
श्रीलंकामा शनिबार १२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय ४७ पुगेको छ। ९ जनाको मृत्यु भएको छ। २ सय ६० जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा एकै दिनमा ४६ जना संक्रमित थपिए सँगै संक्रमितको संख्या ७ सय ९० पुगेको छ। ३ जनाको मृत्यु भएको छ। २९ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा २४ घण्टामा ८ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय १० पुगेको छ। ३१ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ७ छ। ५ जना निको भएर घर फर्किसकेका छन्।