डडेल्धुरा- २ वर्षपछि डडेल्धुरा अस्पतालले विकास समितिको अध्यक्ष पाएको छ। विकास समितिको अध्यक्षमा करूणाकर ओझा नियुक्त भएका छन्।
आइतबार अध्यक्ष ओझा र अन्य ३ सदस्यले पदभार ग्रहण गरेका छन्। अन्य सदस्यहरुमा जनक मल्ल, किशोरी धामी, छत्र जोशी रहेका छन्। अध्यक्ष ओझा र अन्य ३ सदस्यलाई विकास समितिमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेकोपछि आइतबार अस्पतालले स्वागत कार्यक्रमको आयोजना समेत गरेको छ।
नेपाल सरकार मन्त्रिस्तरको निर्णयले अध्यक्ष ओझालाई नियुक्त गरेको आधिकारिक पत्र शुक्रबारमात्रै अस्पतालमा पुगेको अस्पतालमा निमित्त मेसु जगदिश विष्टले जानकारी दिए।
पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले सम्पुर्ण पक्षसँग समन्वय तथा छलफल गरेर अस्पताल विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पदभार ग्रहण गरेपछि विकास समितिले अस्पतालमा बेड भर्ना भएका बिरामीहरुलाई अध्यक्ष ओझासहितका सदस्यहरुले फलफुल वितरण गरेका छन्।
नव नियुक्त अध्यक्ष ओझा नेपाल कम्युनिस्ट पार्टी नेकपा डडेल्धुराका सचिवालय सदस्य तथा अमरगढी नगरपालिका इन्चार्ज हुन्।
संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एकमात्र अस्पतालमा हो।