काठमाडौं – रसियामा पछिल्लो २४ घण्टामा ११ हजार १२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ लाख ९ हजार नाघेको छ।
नेपाली समय अनुसार आइतबार राती ८ बजे सम्मको तथ्यांक अनुसार रसियामा संक्रमितको संख्या २ लाख ९ हजार ६ सय ८८ पुगेको छ।
रसियामा गत आइतबारबाट संक्रमितको संख्या १० हजारको दरले बढ्दै गइरहेको छ। रसियामा १ हजार ९ सय १५ जनाको मृत्यु भएको छ। ३४ हजार ३ सय ६ जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ४१ लाख ५१ हजार ४ सय ३१ पुगेको छ।
संसाभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ७९ हजार ७ सय ३४ जनाको ज्यान गएको छ।
१३ लाख ८४ हजार ५ सय ९२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
सबैभन्दा प्रभावित देशको अवस्था
कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ। अमेरिकामा संक्रमितको संख्या १३ लाख ९ हजार ६ सय ९८ पुगेको छ। मृत्यु हुनेको संख्या ७८ हजार ७ सय ९४ पुगेको छ। २ लाख १२ हजार ५ सय ३४ जना निको भएर घर फर्किसकेका छन्।
स्पेनमा २ लाख २३ हजार ५ सय ७८ जना संक्रमित भएका छन्। २६ हजार ४ सय ७८ जनाको मृत्यु भएको छ। १ लाख ३३ हजार ९ सय ५२ जना निको भएर घर फर्किसकेका छन्।
इटालीमा २ लाख १८ हजार २ सय ६८ जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या ३० हजार ३ सय ९५ पुगेको छ। इटालीमा १ लाख ३३ हजार ९ सय ५२ जना निको भएर घर फर्किसकेका छन्।
युकेमा २ लाख १६ हजार ५ सय २४ जना संक्रमित भएका छन्। ३१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ।
फ्रान्समा १ लाख ७६ जना संक्रमित भएका छन्। २६ हजार ३ सय १० जनाको मृत्यु भएको छ।
जर्मनीमा १ लाख ७१ हजार ३ सय २४ जना संक्रमित भएका छन्। ७ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ। १ लाख ४४ हजार ४ सय जना निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा संक्रमितको संख्या १ लाख ५६ हजार ६१ पुगेको छ। १० हजार ६ सय ५६ जनाको मृत्यु भएको छ। ६१ हजार ६ सय ८५ जना निको भएर घर फर्किसकेका छन्।
टर्कीमा १ लाख ३७ हजार १ सय १५ जना संक्रमित भएका छन्। ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ। ८९ हजार ४ सय ८० जना निको भएर घर फर्किसकेका छन्।
इरानमा संक्रमितको संख्या १ लाख ७ हजार ६ सय ३ पुगेको छ। ६ हजार ६ सय ४० जनाको मृत्यु भएको छ। ८६ हजार १ सय ४३ जना निको भएर घर फर्किसकेका छन्।
भारतमा संक्रमितको संख्या ६४ हजार १ सय ३९ पुगेको छ। २ हजार १ सय १४ जनाको मृत्यु भएको छ। १९ हजार ३ सय ५८ जना निको भएर घर फर्किसकेका छन्।