काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार बिहान ८ बजेको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७९ हजार ५ सय २५ पुगेको छ।
त्यस्तै युकेमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा २ लाख ८२ हजार ७ सय जनाको मृत्यु भएको छ।
संसारभर संक्रमितको संख्या ४१ लाख १ हजार ४ सय ८२ पुगेको छ। अमेरिकामा १३ लाख २९ हजार २ सय २५, स्पेनमा २ लाख २४ हजार ३ सय ५०, युकेमा २ लाख २० हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७०, रसियामा २ लाख ९ हजार ६ सय ८८ जना संक्रमित भएका छन्।
विश्वभर १४ लाख ८ हजार ७ सय ७१ जना निको भएर घर फर्किसकेका छन्। अमेरिकामा २ लाख १६ हजार १ सय ६९, जर्मनीमा १ लाख ४४ हजार ४ सय, स्पेनमा १ लाख ३६ हजार १ सय ६६, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
सार्क देशमा भारतमा सबैभन्दा बढी मानिस कोरोना भाइरसबाट प्रभावित भएका छन्। भारतमा केहि दिन यता दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार भन्दा बढीको दरले बढ्दै गइरहेको छ।
भारतमा आइतबार ४ हजार ३ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ११ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ६७ हजार १ सय ६१ पुगेको छ। २ हजार २ सय १२ जनाको मृत्यु भइसकेको छ। २० हजार ९ सय ६९ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा २४ घण्टामा एक हजार ५ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ। यो सँगै पाकिस्तानमा संक्रमितको संख्या ३० हजार ३ सय ३४ पुगेको छ। ६ सय ५९ जनाको मृत्यु भएको छ। ८ हजार ६३ जना निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा २४ घण्टामा ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ । योसँगै बंगलादेशमा संक्रमितको संख्या १४ हजार ६ सय ५७ पुगेको छ। २ सय २८ जनाको मृत्यु भएको छ। २ हजार ६ सय ५० जना निको भएर घर फर्किसकेका छन्।
अफ्गानिस्तानमा आइतबार ३ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या ४ हजार ४ सय २ पुगेको छ। १ सय २० जनाको मृत्यु भएको छ। ५ सय ५८ जना निको भएर घर फर्किसकेका छन्।
आइतबार श्रीलंकामा ९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय ५६ पुगेको छ। ९ जनाको मृत्यु भएको छ। ३ सय २१ जना निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा आइतबार ४५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय ३५ पुगेको छ। ३ जनाको मृत्यु भएको छ। २९ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा २४ घण्टामा १ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय १० पुगेको छ। ३१ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।