काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमित उपचारपछि निको हुने क्रम बढ्दै गएको छ। नेपाली समय अनुसार सोमबार दिउसो ३ बजेसम्म विश्वभर १४ लाख १८ हजार १७ जना उपचारपछि निको भएको तथ्यांक छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर ४१ लाख १६ हजार ७ सय ६७ जना संक्रमित भएका छन्। २ लाख ८२ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ।
एसियाली देशको अवस्था
एसियामा ६ लाख ७१ हजार ९ सय ८७ जना संक्रमित भएका छन्। संक्रमित मध्ये २२ हजार २ सय ३८ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७२ हजार ७ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।
एसियन देशमध्ये टर्कीमा सबै भन्दा बढी संक्रमित भएका छन्। टर्कीमा संक्रमितको संख्या १ लाख ३८ हजार ६ सय ५७ पुगेको छ। ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ। ९२ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा संक्रमितको संख्या १ लाख ७ हजार ६ सय ३ पुगेको छ। ६ हजार ६ सय ४० जनाको मृत्यु भएको छ। ८६ हजार १ सय ४३ जना निको भएर घर फर्किसकेका छन्।
चीनमा ८२ हजार ९ सय १८ जना संक्रमित भएका छन्। ४ हजार ६ सय ४० जनाको मृत्यु भएको छ। ७८ हजार १ सय ४४ जना निको भएर घर फर्किसकेका छन्।
भारतमा संक्रमितको संख्या ६७ हजार २ सय ५९ पुगेको छ। २ हजार २ सय १२ जनाको मृत्यु भएको छ भने २० हजार ९ सय ६९ जना निको भएर घर फर्किसकेका छन्।
साउदी अरबियामा संक्रमितको संख्या ३९ हजार ४८ पुगेको छ। २ सय ४६ जनाको मृत्यु भएको छ। ११ हजार ४ सय ५७ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा संक्रमितको संख्या ३० हजार ९ सय ४१ पुगेको छ। ६ सय ६७ जनाको मृत्यु भएको छ। ८ हजार २ सय १२ जना निको भएर घर फर्किसकेका छन्।
सिंगापुरमा संक्रमितको संख्या २३ हजार ८ सय २२ पुगेको छ। २० जनाको मृत्यु भएको छ। २ हजार ७ सय २१ जना मानिस निको भएर घर फर्किसकेका छन्।
कतारमा संक्रमितको संख्या २२ हजार ५ सय २० पुगेको छ। १४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ५३ जना मानिस निको भएर घर फर्किसकेका छन् ।
बंगलादेशमा संक्रमितको संख्या १५ हजार ६ सय ९१ पुगेको छ। २ सय ३९ जनाको मृत्यु भएको छ। २ हजार ९ सय २ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ। ३१ जना निको भएर घर फर्किसकेका छन्।