हुम्ला– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि कर्णाली प्रदेश सरकारले हुम्लाका ४ गाँउपालिकामा औषधि र चिकित्सकहरुको टोली पठाएको छ।
आइतबार प्रदेश सरकारले हुम्लाको ताजाँकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकामा एयर लिफ्टिङ गरी औषधि र चिकित्सकहरुको टोली पठाएको हो।
प्रत्येक गाँउपालिकामा कोभिड–१९ रोकथाम गर्न औषधि सहित २ जना चिकित्सक र २ जना स्वास्थ्यकर्मी खटाइएको कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए। चार गाउँपालिकाको प्रत्येक वडाहरुबाट १० जनाको स्वाब संकलन गरी परीक्षण हुने समेत मन्त्री रावलले बताए।
आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको टोली जिल्लाको दक्षिण भेगका चार वटा गाउँपालिका पुगेका छन्।
सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकालाई जहाज मार्फत स्वास्थ्य सामाग्री पठाउने कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।