अखण्ड उपाध्याय
नर्सिङ दिवसको शुभकामना तिमीलाई
तिमीले प्रदान गर्ने सेवालाई नमन गर्दै
सोध्न मन छ,
ठुलो जिम्मेवारी अनि थोरै अधिकारमा काम गर्दा
थुप्रै चुनौतीले घेरिएर अहोरात्र खटिँदा
एउटा सिपाही झै
दुखिरहेको घाउँमा मल्हम लगाउने तिमी
त्यो निर्मल श्वेत वस्त्रमा सजिएर
दया, माया अनि करुणा भावले
निभ्नै लागेको बत्ति झैं भएकाको आशा जगाइदिने
तिमीलाई कसैले अपमान गर्दा कति झर्को लाग्दो है ?
तिमीलाई कहिल्यै लाग्छ होला नी
प्रशव पीडामा चिच्याईरहेकी आमालाई
अपुग बल आफैंले दिऊ झैँ ?
साना नानीका हातमा घोचेका क्यानुलाले दुखेर रुँदा
तिमीलाई पनि त भित्र भित्र रुन मन लाग्छ होला नी हैँ ?
अनि दुखाई पीडाले कराई रहेका बिरामीको आवाजले
कहिल्यै तिमीलाई झर्को लाग्दैन होला नि हैँ?
अनि आँखाभरी आँसु पोखेर रोईरहेका बिरामीको
आँखाको आँशु पुछिदिँदा पक्कै
तिमी पनि रोएकी त हौला नि हैँ ?
तिमीलाई तिम्रो नामले नभई सबैले सिस्टर भनि बोलाउँदा
तिम्रो सेवा भावको सम्मानमा उपनामले बोलाउँदा
पक्कै तिमीलाई पनि खुशी लाग्छ होला हैँ ?
बिरामीका रातहरुलाई आहातबाट जोगाउन
मधुरो बत्तिमा तिम्रा सिपालु हातहरुले राहात दिँदा
आफ्नो रातलाई निन्द«ामा बदल्न नदिएर,
रातभरी सेवामा खटिँदा पक्कै तिमीलाई पुण्यको आभास हुन्छ होला हैँ ?
छाडिदेउ, यी यावत प्रश्नको जवाफ म दिन्छु आज
तिम्रा सेवा भावको बयान सक्दिन मैले कहिल्यै गरेर
बढ्दै जाउन तिम्रा शक्ति अनि प्रेम बिरामीका लागि सदा
कहिल्यै सुन्न नपरोस् झर्किएका शब्द तिम्रो मुखारविन्दुबाट
सदैव सुन्न र देख्न पाइयोस् तिम्रो हसिलो अनि मिजासिलो व्यवहार
छर्कोस् सबै बिरामीको जिन्दगीमा तिम्रो सेवाले सदैव बहार।
-(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)