काठमाडौं- पुल्चोकस्थित निदान अस्पतालले अस्पताल परिसरमा रहेको आरोग्य फाउन्डेसनकी एक कर्मचारी इटहरीबाट काठमाडौं फर्केपछि अस्पताल र फाउन्डेसनमा नआएको जानकारी दिएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै फाउन्डेसनको प्रशासन तर्फकी ती कर्मचारी इटहरीबाट सोमबार काठमाडौं आएको र त्यसपछि अस्पताल र फाउन्डेसनमा नआएको जानकारी दिएको हो।
अस्पतालका अनुसार ती कर्मचारी स्टाफ नर्स नभएको र उनलाई भक्तपुरदेखि टेकु अस्पतालसम्म पुर्याउने क्रममा फाउन्डेसनको गाडी, ड्राइभर र एक जना कर्मचारी सम्पर्कमा आएका छन्।
फाउन्डेसनकी कर्मचारीलाई कोरोना देखिएपछि प्रहरीले बुधबार बिहान अस्पताल र फाउन्डेसन परीसर सिल गरेको थियो।
हेरौँ विज्ञप्ति
