काठमाडौं- नेपाल चिकित्सक संघले विदेशमा रहेका नेपाली विद्यार्थी तथा नेपाल आउन चाहने नागरिकलाई नेपाल ल्याउन सरकारसँग आग्रह गरेको छ।
संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारणले सम्बन्धित देशले विद्यार्थी र सर्वसाधारणलाई स्वदेश फर्कन दवाव दिइरहेको उल्लेख गर्दै नेपाल आउने चाहने नागरिकलाई उद्दार गर्न सरकारसँग आग्रह गरेको हो। उद्दार गरी ल्याइएका नागरिकलाई देशको नियमानुसार एकान्तवासमा राखि परीक्षण पश्चात् परिवारमा समावेश हुने व्यवस्था मिलाउन संघले माग गरेको छ।
चिकित्सा शिक्षाका लागि बंगलादेश, फिलिपिन्स, चीन, अष्ट्रेलिया, भारत, बेलायत, अमेरिका लगायका अन्य मुलुकमा रहेका नेपाली विद्यार्थीका साथै रोजगारीका लागि गएका नागरिक नेपाल आउन चाहेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेकोछ ।
संघका महासचिव डा बद्री रिजालले बंगलादेशमा दयनीय अवस्थामा रहेका ५६४ विद्यार्थी लगायत खज्य देशमा रहेका विद्यार्थी तथा रोगगारीको सिलसिला गएका नागरिकले नेपाल आउने वातावरणका लागि सहजीकरण गरिदिन नेपाल चिकित्सक संघलाई अनुरोध गरेको बताए।