काठमाडौं- किष्ट मेडिकल कलेजलको शिक्षण अस्पतालले कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारमा अग्रस्थान (फ्रन्टलाइनर)मा खटिएकाहरुको सम्मानका लागि भिडियो सन्देश बनाएको छ।
अस्पतालले अग्रपंथीमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी र पत्रकारहरुलाई केन्द्रित गरेर भिडियो सन्देश बनाएको हो। अस्पतालले अग्रपन्थीका योद्घाहरुको कदर स्वरुप भिडियो बनाइएको जनाएको छ।
करिब ६ मिनेटको यस भिडियोमा विभिन्न क्षेत्रका विशेषज्ञहरुबाट सबैले आ—आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरिएको छ।
हेरौं भिडियो :