काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई जेठ ५ गतेपछि घर पठाइने बताएका छन्।
शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै मन्त्री ढकालले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने बताएका हुन्।
‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पिसिआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ। ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ,’ समितिमा मन्त्री ढकालले भने।
मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेको बताएका थिए। सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए।