काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड१९ कारण शताब्तिको सबैभन्दा ठूलो संकट पैदा भएको बताएकी छिन्।
आथिर्क वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले अहिलेको स्वास्थ्य सुविधा कोभिड१९ लागि अपर्याप्त रहेको उल्लेख गरिन्।
उनले कोभिड१९ को संकट उत्पन्न भएदेखि नेपाल सरकारले स्पष्ट रणनीति भएको बताउँदै त्यसकै कारण नेपालीको जीवनरक्षा भएको बताइन्।
भण्डारीले दीगो विकासको लक्ष्यमा व्यवधान आएको बताइन्। राष्ट्रपति भण्डारीले कोरोनासँग लड्न मौजुदा स्वास्थ्य सेवा तथा सुविधा अपर्याप्त रहेको प्रष्ट भएको पनि बताइन्। उनले संसारभरकै स्वास्थ्य सेवा र सुविधामा यसले चुनौति दिएको बताइन्।
भण्डारीले कोरोनाका कारण पर्यटन ध्वस्त भएको र उद्योग बन्द व्यवसाय बन्द हुने अवस्थामा पुगेको पनि बताइन्।