काठमाडौं- सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्। वडा स्तरमा रहेका स्वास्थ्य संस्थाबाट यी सेवा उपलब्ध हुने छन्।
नेपालमा नसर्ने रोगको भार बढ्दै गएपछि पिसाबमा अल्बुमिन र रगतमा ग्लुकोजको नि:शुल्क जाँचको व्यवस्था गरिएको हो।