काठमाडौं - सरकारले एकीकृत एम्बुलेन्स सेवाको व्यवस्था गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको जुनसुकै स्थानबाट नागरिकले सरल र सहज रुपमा एम्बुलेन्स सेवा पाउने गरी एकीकृत सेवाको व्यवस्था गरिने बताइन्।