काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ जनामा संक्रमण भएको पुष्टि गरेको हो।
यो सहित नेपालमा संक्रमितको संख्या २६० पुगेको छ। दाङमा देखिएका २ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
