काठमाडौं- विश्वभर ४६ लाख ३२ हजार ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा उच्च छ। त्यहाँ १४ लाख ६६ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा २ लाख ७२ हजार ४३, बेलायतमा २ लाख ४१ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २४ हजार ७ सय ६० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ११ हजार ७ सय ३९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ ८८ हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ५ सय ४६, इटालीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३, फ्रान्समा २७ हजार ५ सय ३२, ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, विश्वभर १६ लाख ९३ हजार ५७ संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ २ लाख ६८ हजार ३ सय ७६, जर्मनीमा १ लाख ५२ हजार ६ सय, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २२ हजार ८ सय १० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा भने २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणपछि एक जनाले ज्यान गुमाएका छन्। शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
भारतमा कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छ।
भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ। सर्वाधिक मृत्यु हुनेको देशको सूचीमा भने भारत १६औं स्थानमा छ।
भारतमा हालसम्म ३४ हजार २ सय २४ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३८ हजार ७ सय ९९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ८ सय ३४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १० हजार ८ सय ८० जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या ९ सय ६० छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९ छ भने निको हुनेको संख्या ५२० छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २० हजार ९ सय ९५ पुगेको छ। बंगलादेशमा हालसम्म ३ सय १४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ४ हजा १ सय १७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ६ हजार ४ सय २ पुगेको छ। अफगानिस्तानमा १ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ७ सय ४५ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या २१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५ छ।
माल्दिभ्समा संक्रमितको संख्या १ हजार ७८ छ। मृत्यु हुनेको संख्या ४ छ भने उपचारपछि निको हुनेको संख्या ५८ पुगेको छ।