काठमाडौं - लुम्बिनी हेल्थकेयर प्रालि र फेयर गु्रपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
लुम्बिनी हेल्थकेयर र फेयुर ग्रुपले कोरोना प्रभावित क्षेत्रमा प्रयोग हुने गरी मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। उनीहरुले पिपिई सेट १ सय थान, ग्लोब्स र सर्जिकल मास्क १०/१० हजार थान र केएन ९५ मास्क एक हजार थान उपलब्ध गराएका छन्।
उक्त सामग्री स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयलाई हस्तान्तरण गरिएको लुम्बिनी हेल्थकेयरका सञ्चालक पोष्टराज ज्ञवालीले जानकारी दिए।