काठमाडौं- झापाका एक जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उनी सोमबार निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनी २७औं दिनमा डिस्चार्ज भएका हुन्।
यो सँगै नेपालमा संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ।