काठमाडौं- मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउसो सार्वजनिक गरेको विवरणमा संख्या मात्र उल्लेख थियो। मन्त्रालय स्रोतका अनुसार उनीहरु काठमाडौंकोे तार्केश्वर, गोेकर्णेश्वर र काठमाडौं महानगरपालिकाको कालिमाटी क्षेत्रका हुन्।
योसँगै काठमाडौंमा कोरोना संक्रमतिको संख्या ११ पुगेको छ भने देशभर कुल संक्रमितको संख्या मंगलबार ४०२ पुगेको छ।
मंगलबार नै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि एकएक जना संक्रमित थपिएका छन्।
उपत्यकामा देखिएका ४ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको बताइएको छ।
मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो।
ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले जानकारी दियो।