काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा भुपेश खड्का चयन भएका छन्। फाउन्डेसनको १७ मे मा बसेको वार्षिक साधारण सभाले डा खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाले उपाध्यक्षमा डा विनोद खड्का, सचिवमा डा विष्णु सापकोटा र कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा मार्भिन ब्रुस्टिन, डा राजु सेञ्चुरी, डा चन्द्र प्रसाद चटौत, डा गणेश चौधरी, डा नारायण धरेल, डा दीक्षा धिताल, डा विनोद ढुंगाना, डा रिचर्ड काजम्यान, डा दिनेश मैनाली, डा सुवोध मल्लिक, डा सन्देश पण्डित, डा सन्तोष सापकोटा, डा सुनिल शर्मा, जुलिया सेपर्डसन्, डा दिनेश सुवेदी, डा अनिल सुवाल, डा प्रकाश थपलिया र डा लिवी विल्सन रहेका छन्।
यसअघि फाउन्डेसनको अध्यक्षमा डा सन्तोष सापकोटा थिए।
फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ।
सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।