काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री, सचिवसहित १४६ जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ।
मन्त्रालयको कोरोनासम्बन्धि बैठकमा सहभागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना संक्रमण देखिएछि मन्त्रीसहित कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महामारी शाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल, ल्याव टेक्निसियन अधिकृतहरु डबलबहादुर बिसि र भोला अधिकारी सहितकाे टोलीले नमुना संकलन गरेको हो।
ती चिकित्सक ५ जेठमा मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर(एचईओसी) मा आयोजित बैठकमा सहभागि भाएका थिए। उनलाई जेठ ६ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
ती चिकित्सकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा मन्त्रालयका कर्मचारीको पनि परीक्षण गरिएको हो।