काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको छ।
नेपालमा अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
नेपालमा कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। जसमध्ये हालसम्म उपचारपछि १ सय १२ जना डिस्जार्च भएका छन्। सोमबार तौलिहवाका एक स्वास्थ्यकर्मी डिस्जार्च भएसँगै डिस्जार्च हुनेको संख्या १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।
मुलुकभर हाल ५ सय ६७ जना अस्पतालको आईसोलेसन वार्डमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा २ सय १, बागमतिमा २६, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ५६, कर्णालीमा ११ र सदुरपश्चिममा १० जना आईसोलेनसमा छन्।
हाल ४६ हजार २९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।