काठमाडौं- वीरगञ्जको नेशनल मेडिकल कलेजलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई परिवारलाई शव बुझाएकाले कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले नेपाल लाइभलाई बताए।
छलफलपछि अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएकाे उनले जानकारी दिए।