काठमाडौं- कोरोना संक्रमितलाई बोक्ने नेपाल एम्बुलेन्स सर्भिस (१०२) का चालकहरुको पिसिआर परीक्षणका लागि मंगलबार नमुना संकलन गरिएको छ।
सरकारले कोरोना संक्रमित पुष्टि भएपछि अस्पताल पुर्याउन नेपाल एम्बुलेन्स सर्भिसलाई दिएको छ। १०२ नम्बरमा फोन गरेपछि ती एम्बुलेन्स आवश्यक परेको स्थानमा पुग्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रय महाशाखाको महामारी शाखाका मेडिकल टेक्लोलोजिष्ट धनप्रसाद पौडेलसहित मीनराज पन्थी र गंगा भुसालको टोली नमुना संकलन गरेको हो।