काठमाडौं— लायन्स क्लब इन्टरनेशनलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) र मास्क सहयोग गरेको छ।
मंगलबार लाइन्स क्लब डिस्ट्रिक ३२५ ए वानले ५० सेट पिपिई र २ हजार सर्जिकल मास्क सहयोग गरेको हो।
उक्त सामग्री ग्रहण गर्दै प्रतिष्ठानका उपकुलपति डा डिएन साहले डाक्टर तथा स्वास्थ्यकर्मीका लागि ठूलो राहत र हौसला मिलेको बताए।