काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गरेका छन्।
मन्त्री ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरूसँग भिडियो छलफल गरेका हुन्।
छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीको विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागी थिए।
सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरू पनि छलफलमा सहभागी थिए।
कोरोना नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गरेका हुन्।