काठमाडौं— सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र र स्वायत खाद्य तथा औषधि प्राधिकरण (एफडिए) निर्माणका लागि बजेट छुट्याएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। तर कति रकम छुट्याइएको छ भनेर प्रष्ट रुपमा भने भनिएको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते आर्थिक वर्ष २०७७÷७८ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसीडिसि) र औषधि, औजार, उपकरण लगायत चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संसाधन समेतको गुणस्तर जाँच तथा नियमन गर्न स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण(एफडिए) स्थापना गरिने बताएकी थिइन।