काठमाडौं— सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन गरेको छ।
बिहीबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८ वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्य बिमाका लागि बजेट बढाइएको बताए।
उनले तीन वर्षभित्रमा सबै नागरिकमा स्वास्थय बिमा पुग्ने गरी बजेट ल्याइएको बताए। उनले आधारभूत बाहेकका स्वास्थ्य सेवालाई पनि समावेश गर्दै लैजाने बताए।
अघिल्लो वर्ष स्वास्थ्य बिमामा ५ अर्ब रुपैयाँ छुट्टाइएको थियो।