काठमाडौं- स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६२ औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका २८ स्थति ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन्।
कर्मचार्यलाई वडाअध्यक्ष भाइराम खड्गीले अभिनन्दन पत्र समेत प्रदान गरेका छन्। लकडाउनको समयमा आयोजित रक्दान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।
लकडाउनका समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सूर्य राईले जानकारी दिए।
रक्तदानमा सहभागीलाई पञ्जा, सेनेटाईजर, मास्क र साबुन एक एक थान उपलब्ध गराइएको छ।