काठमाडौंः बाँकेका स्वास्थ्यकर्मीलाई कोरोनाका शंस्कापद बिरामी तथा कन्ट्याक्ट टे«सिङमा परेका व्यक्तिको नमुना संकलन तालिम दिइएको छ।
बाँके स्वास्थ्य कार्यलय, भेरी अस्पताको संयुक्त आयोजनामा कोरोनाका शंकास्पद बिरामीको पिसिआर नमुना संकलन, आरडिटि जाँच गर्ने विषयमा १७ स्वास्थ्यकर्मीलाई तालिम दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। तालिमका लागि आड्रा नेपालले सहकार्य गरेको थियो।

स्वास्थ्य मन्त्रालय माइक्रोबायोलोजिष्ट सुलभ आचार्य र भेरी अस्पतालका माइक्रोबायोलोजिष्ट सन्दिप पोखरेलले स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएका थिए।
बाँकेका कोरोना शंकास्पद व्यक्ति, कन्ट्याक्ट टे«सिङका व्यक्तिको पिसिआर नमुना लिने, परीक्षण गर्ने र आरिडिटिी जाँच गर्नका हालसम्म ३० जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।
बाँकेका हालसम्म १८९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २८ जना निको भएका छन्। नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ।