काठमाडौं- निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा प्रयादयहरुको छाता संगठन अफिनले सरकारले ल्याएको आर्थिक वर्ष२०७७/७८को बजेटले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाको समस्या र चुनौतिका विषयमा बेवास्ता गरेको जनाएको छ।
अफिनले सरकारले आगामी आर्थिक वर्षका लागि ९० अर्वको बजेट ल्याएपनि निजी क्षेत्रको अनेक चुनौतिका साथ हालसम्म धानेको मुलुकको स्वास्थ्य क्षेत्रको बिँडोलाई अलिकति पनि वास्ता नगरी हतोत्साही बनाउने काम गरेको बताएको छ।
‘कोभिड१९को महामारीको समयमा सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर बलियो स्वास्थ्य पूर्वाधार बनाई अघि बढ्नुपर्ने निजी क्षेत्रलाई नजरअन्दाज गरी निरुत्साहित बनाउने काम भएको अफिनको ठहर छ,’ अफिनले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।
राज्यले निजी क्षेत्रका स्वास्थ्य संस्थामाथि कुनै प्रकारको विभेद नगर्न एवम् हतोत्साही नबनाउन, विभेदकारी नीति अन्त्य गर्दै तत्काल जायज माग र समस्याको सम्बोधन सरकारको ध्यानाकर्षण गराएको छ।
