काठमाडौं- त्रिभुवन विश्वविद्यालयले नेपालगञ्ज नर्सिङ क्याम्पसको प्रमुखमा तुलसा सुनारलाई नियुक्त गरेको छ।
त्रिवि कार्यकारी परिषदको जेठ १९ गते बसेको सुनारलाई जेठ गतेदेखि लागू हुने गरी नर्सिङ क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सुनार नेपालगञ्ज नर्सिङ क्याम्पसमा उपप्राध्यपकको रुपमा कार्यरत छिन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बास्कोटाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५ (२) मा व्यवस्था भए बमोजिम सुनारलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको जनाएका छन्।