काठमाडौं- कोरोना भाइरसको संक्रमणलाई जितेकी प्रसिद्धी श्रेष्ठकी बुबाको संयाेजनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका मेडिकल सामग्री सहयोग गरिएको छ।
प्रसिद्धीका बुबा राजेन्द्र श्रेष्ठको अगुवाईमा शिखर इन्स्योरेन्स कम्पनीले ७५ थान पिपिई, ५० थान फेस सिल्ड र ५० थान गगल्स सहयोग गरेको हो।
अस्पतालका निर्देशक डा सागर राजभण्डारीलाई उक्त सामग्री हस्तानन्तरण गरिएको छ।
फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सामग्री सहयोग गरिएको श्रेष्ठले बताए।
अस्पताल निर्देशक डा राजभण्डारीले ती सामग्रीको उचित प्रयोग गरिने जानकारी दिए।