नवराज जोशी
डियर अल इसेन्सियल वर्कर्स,
यो विषम् घडीमा सम्भवत : तपाईंहरु आफ्नो जिवनलाई जोखिममा राखी विश्वरव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19)सँग आफै लड्दै हुनुहुन्छ।तपाईंहरु सबै महान काम गर्दै हुनुहुन्छ।
तपाईंहरु सबैलाई प्रेम, सम्मान, कदर र उच्च प्रशंसा पठाउँदै तपाईंहरुको यो वफादार सेवाको लागी भित्रि हृदय देखि नै हार्दिक धन्यवाद।म सम्मान र सराहनाका साथ तपाईंहरु सबैलाई सलाम गर्दछु।
यतिबेला विश्व मानव जगतमा एक महान संकट एक नयाँ चुनौती जुन असाधारण समयको रुपमा देखा परेको छ।
जुन गम्भीर तीव्र श्वासन सिन्ड्रोम कोरोना भाइरस-२ (सार्स-कोभ-२)को कारण संक्रामक रोगको रुपमा कोरोना भाइरस रोग-२०१९ (कोभिड-१९) को नामले पहिलो पटक डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिचान भयो।
त्यसपछि विश्वव्यापी रूपमा फैलिएको छ। जसको परिणामस्वरूप विश्वभरी निरन्तर महामारी फैलिएको छ।
यस असाधारण समयका लागि विभिन्न असाधारण उपायहरू अबलम्बन गरिए र गरिनु आवश्यक मानिन्छ पनि।
एक टीम वर्तमान संकटको अवस्थालाई नजिकबाट नियाल्दै अनि यसका चुनौतिहरुलाई सामना गर्न आफ्नो निरन्तरको योगदान, खोज, अनुसन्धान एवम् प्रयासलाई जारी राखेका छन्। त्यो हो टिमवर्क। जुन टिममा कार्यरत सबै इसेन्सियल वर्कर्स।तपाईंहरुको यो टिम विश्वव्यापी महामारीको रुपमा फैलिएको यस कोरोना भाइरस (कोभिड-19) को अहिले सम्मकै सर्वश्रेष्ठ टिम हुनुपर्छ।
यस टिमले प्रमाणित गर्दछ कि, टिम कार्यले सँधै कठिन समयमा कठिन काम गर्ने गर्दछ’।
उक्त सबै कुराको संयोगले मानिसमा एक बेग्लै मानसिकताको निर्माण गराउँदछ।‘त्यो हो आवश्यक परेको खण्डमा तम्तयार हुनु, रहनु’ अर्थात जीवनको हरेक दिन आफ्नो बलिदान दिई खाँचोमा परेकाहरूलाई मद्दत पुर्यांउँनु।
असल दृष्टिकोणले कुनै पनि व्यक्तिलाई उसको असल कर्म, कर्म गर्ने इच्छा, तत्परतामा रुपान्तरण गर्दछ।यो कुरा तपाईंहरुले पुष्टि गर्नुभयो र गर्दै आउनुभएको छ जसमा तपाईंहरु निरन्तर लागिपर्नु भएको छ।
यो टिम वर्क हो वर्तमान समयमा विश्वईव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को विरुद्ध लड्दै गरेको सम्पुर्ण इसेन्सियल वर्कर्सहरुको।
०००
त्यो बिरामी मान्छेको गला सुकिसकेको छ।आँखामा कुनै चमक छैन, बिरामी हाँस्न खोज्दछ तर हाँस्न सक्दैन, बोल्न खोज्छ तर बोल्न पनि सक्दैन।
किनकि, उ कोरोना संक्रमित हो रे।उसको हाँस्ने, बोल्ने र खुसी महसुस गर्ने सामर्थ्य गुमेको देखिन्छ।उसका नजिक जान या उसको अवस्था-हालखबर बुझ्न समेत निषेध गरिएको छ।उसलाई छुन बर्जित छ।
अरुबेला उ सामान्य बिरामी पर्दा अस्पताल जानुपरे पुर्या उने र गैसकेपछि उसलाई भेट्न आउनेहरुको लाईन लाग्थ्यो रे।तर, यसपटक कोही कसैको अत्तोपत्तो उसले महसुस गर्न समेत पाएन।
किनकि उ कोरोना संक्रमित हो रे।उ एकोहोरो हेर्ने भएको छ त केवल उपचारमा संलग्नहरुको आउने बाटोतिर मात्र। उसको ध्यान अनि हेराई पनि एकोहोरो भएको छ। उसका आफन्तसित भेट्न बन्देज गरिएको छ।
उसका आफन्तहरुले उसको जानकारी सहजै माग्न सक्ने वातावरण छैन।जुन मनाहीसहितको उसको र उसको परिवारको श्रव्य, दृश्य या श्रव्यदृश्य जोडफल सहितको मुखाकृति, हाउभाउ मिडियाद्वारा प्रदर्शित दृश्यले गरिने र गरिएको सबैको मुहारमा एउटा अत्यास, अन्योल र भयले सताइरहेको प्रष्ट देखिन्छ।
यस्तो विषम् परिस्थितिमा पनि आफ्नो छातीलाई विशाल पारी तपाईं हामी सबैको उद्दारको लागी अहोरात्र खटिएको एक जमात हो इसेन्सियल वर्कर्सको।सलाम छ तपाईंहरु सबैलाई।
फ्रन्टलाइनमा रही कार्य गरिरहनुभएका उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मीहरु, वैज्ञानिकहरु, शोधकर्ताहरू र सबै आवश्यक कामदारहरू, जो यस महामारीको उपचार फेला पार्न दिनरात प्रयत्नशिल हुनुहुन्छ।
यस्तो संवेदनशील यस परिस्थितिलाई तपाईं हामी सबैले एउटा रोगको दृष्टिकोणले मात्र नहेरी हरेक दृष्टिकोणले हेर्नुपर्ने बेला आएको छ।
‘हुन्छ’ भन्नुपर्ने कुरा ‘हुदैन’ र ‘सकिन्छ’ भन्नुपर्ने कुरा ‘सकिदैन’ समेत भन्नुपर्ने या रुपान्तरित भएको यस अवस्थामा परिस्थिति र परिवेशलाई आकाश जमिनको फरकको रुपमा लिई, स्वीकार गरी सबैले आ-आफ्नो तर्फबाट आशाको दियोमा तेल थप्न मदत गरौं।
यो छोटो टिप्पणीमा समेट्न नसकेका बिना भुक्तानी यो संकटमा आफ्नै सुरक्षा र कल्याणको त्याग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार।
तपाईंहरु बिना यो सम्भव हुने छैन।तपाईहरु सबैजना वास्तविक नायकहरु हुनुहुन्छ।
तपाईंहरुको यो कसरतले छिट्टै पूर्ण सफलता पाओस्। हामी सबैजना तपाईंहरू सबैको समर्पण र हेरचाहको लागी आभारी छौं।
धेरै धेरै शुभकामना छ कि तपाईहरु सबैजना सुरक्षित र स्वस्थ रहनु।छिट्टै नयाँ बिहानीको सुरुवात होस् जसले सबैको मुहारमा खुसी ल्याओस्।तपाईं हामीहरु सबैले निर्धक्क रुपमा यो श्वासन सिन्ड्रोम रहित श्वास फेर्न सकूँ, सबैको जय होस्।थ्याङ्क यू अल इसेन्सियल वर्कर्स।थ्याङ्क यू भेरी मच।
(जोशी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन्)