काठमाडौं- परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी डा संगीता मिश्रलाई दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनलाई प्रसुति गृहको जिम्मेवारी दिएका हुन्। उनी कोशी अस्पतालकी निर्देशक हुन्।
अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई मन्त्रालय तानिएको छ।
कोशी अस्पतालको मेसुको जिम्मेवारी डा चुमनलाल दासलाई दिइएको छ।