काठमाडौं - कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ८ सय ६७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म २ लाख ९ हजार ६ सय ९८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८४ हजार १ सय ३४ को पिसिआर र १ हजार २५ हजार ५ सय ६४ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
बिहिबार ३ सय ३४ जना संक्रमित थपिएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ जना पुगेको छ। जसमध्ये २ सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये २ हजार ४ सय ५० पुरुष र १ सय ८४ जना महिला रहेको मन्त्रालयले जनाएको छ। मृतकको संख्या १० पुगेको छ।
हाल विभिन्न २१ स्थानबाट कोरोनाको परीक्षण हुने गरेको छ। कोरोनाको संक्रमण हाल ६५ जिल्लामा पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।
हाल २ हजार ३ सय ३५ जना अस्पतालको आईसोलेसन र १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।