काठमाडौं- नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउण्डेशनले चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि तालिम सञ्चालन गरेको छ ।
कोभिड १९ को रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुलाई अनलाइन मार्फत तालिम सञ्चालन गरिएको हो । तालिम बुधबारबाट सुरु गर्ने भनिएपनि प्राविधिक कठिनाईका कारण बिहिबार दिउँसोबाट सुरु गरिने नेपाल चिकित्सक संघले जनाएको छ ।
तालिम सञ्चालन गर्ने विषयमा बुधबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल अमेरिका फाउण्डेसन ( नेपाल ) का अध्यक्ष डा. भूपेन्द्र कुमार बस्नेत र अमेरिका नेपाल मेडिकल फाउण्डेसन ( अमेरिका ) का अध्यक्ष डा. भुपेश खड्का बीच सम्झौता भएको थियो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीको समयमा के कसरी काम गर्ने, स्वास्थ्यकर्मीको भूमिका लगायत विषयमा बुधबार तालिम दिइने संघले जनएको छ ।