काठमाडौं- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन सिफारिसका लागि प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको छ।
बिहीबारबाट रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न डा ज्ञवालीको संयोजकत्वमा कमिटी गठन भएको हो । उक्त कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य छन्।
उक्त कमिटिले तीन जनाको नाम डिन पदका लागि सिफारिस गर्ने डा ज्ञवालीले बताए।
उनका अनुसार कमिटिले सिफारिस गरेका तीन जनामध्ये एक जनालाई उपकुलपतिले डिनका लागि चयन गर्नेछ।
प्राडा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त भएको छ।