अछाम - बयालपाटा अस्पतालमा कार्यरत एक जना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन्। सोमबार बिहान उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको अछाम प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साँफेबगर नगरपालिकाका ती कर्मचारीले अस्पतालको गेट अगाडि आफैँलाई आगो लगाएका हुन्। आगो लगाएका ती कर्मचारीको थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर ल्याइएको छ।
प्रहरीका अनुसार ती युवा अस्पतालमा सफाइ कर्मचारीका रुपमा कार्यरत थिए।
अस्पतालले केही समयअघि ती कर्मचारीसहित ३३ जनालाई आर्थिक संकट परेको भन्दै हटाएको थियो। त्यही तनावका कारण उनले अस्पताल परिसरमा आफैँलाई आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ।
हेरौं भिडियो :