काठमाडौं- योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले सांसद प्रेम सुवालले योग सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
सांसद सुवालले योग वैज्ञानिक नभएको र प्रतिबन्ध लगाउनुपर्छ भन्ने दिएको अभिव्यक्ति प्रति संघले आपत्ति जनाएको हो। संघले सोमबार विज्ञप्ति जारी गरी सांसद सुवाललाई विषयगत अध्ययन गरेर मात्र बोल्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सांसद प्रेम सुवालले संसदमा योग वैज्ञानिक छैन र यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्नु भएको प्रति संघको गम्भीर आपत्ति छ। संसद जस्तो ठाउँमा बोल्दा होस पु¥याएर, विषयगत अध्ययन गरेर मात्र बोल्नु हुन अनुरोध गर्दछौं।’
विश्वका अनेकौं विश्वविद्यालयहरुमा योग थेरापीको पठनपाठन अध्ययन हुने भन्दै संघले योग पूर्ण रुपमा वैज्ञानिक रहेको बताएको छ।
