काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ५ हजार ३ सय ५३ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ।
नेपालमा हालसम्म २ लाख ७२ हजार ४ सय ८९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ६ हजार ३ सय ३१ को पिसिआर र १ लाख ६६ हजार १ सय ५८ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
मंगलबार ३ सय २३ थपिएसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। जसमध्ये ५ सय ८४ जना उपचारपछि डिस्जार्च भएका छन्। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
मुलुकभर हाल ३ हजार ४ सय ८७ जना आईसोलेसेनमा र १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा छन्।