काठमाडौं- विश्वभर ७४ लाख ८७ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जोन हप्पिन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख २१ हजार ९ सय ९० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख २ हजार ८ सय २८, रुसमा ५ लाख १ हजार ८ सय, बेलायतमा २ लाख ९२ हजार ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख २० हजार २ सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ। त्यस्तै, बेलायतमा ४१ हजार ३ सय ६४, ब्राजिलमा ४० हजार ९ सय १९, इटालीमा ३४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ।
विश्वभर ३५ लाख २३ हजार ३ सय ८६ जना संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ५ लाख ३८ हजार ६ सय ४५ छ। त्यस्तै, ब्राजिलमा ४ लाख २६ हजार ३ सय १०, रुसमा २ लाख ६० हजार ६ सय ४९, इटालीमा १ लाख ७१ हजार ३ सय ३८ संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ४ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ८ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८ हजार ५ सय १ पुगेको छ। भारतमा हालसम्म १ लाख ४६ हजार ९ सय ७२ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म १ लाख १९ हजार ५ सय ३६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा २ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३८ हजार ३ सय ९१ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या १ हजार ८ सय ७७ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार १ सय ५० छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ७८ हजार ५२ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ४९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १६ हजार ७ सय ४७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या २२ हजार ८ सय ९० पुगेको छ। अफगानिस्तानमा ४ सय २६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ६२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १८ छ।
माल्दिभ्समा संक्रमितको संख्या १ हजार ९ सय ७६ छ। मृत्यु हुनेको संख्या ८ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार १ सय ५३ पुगेको छ।